Logo

विद्रोही पक्षसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण



Spread the love

१३ जेठ काठमाडौँ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदले राजधानीलगायत जिल्लामा बढ्दै गएको हत्या, हिंसा तथा महिला यौन दुव्र्यवहारका घटना बढ्दै गएकामा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद लालकाजी गुरुङ, बहादुरसिंह लामा, शान्ता चौधरी, सत्यनारायण शर्मा खनाल, सत्य पहाडी समिना हुसेन, सरिताकुमारी गिरी, सीतादेवी यादव, स्मृतिनारायण चौधरी, सुजाता परियार, हरिराज अधिकारी, ज्ञानकुमारी छन्त्यालले सो विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

उनीहरुले मुलुकमा शान्ति र सुशासनको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिँदै कैलालीकी निर्मला पन्त तथा पाँचथरका एकैपरिवारको हत्याको घटनाबारे प्रभावकारी अनुसन्धान गर्न र नेत्रविक्रम चन्द समूहसँग तत्काल वार्ता गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्