Logo

सगरमाथाको फेदीबाट उपप्रधानमन्त्रीको आह्वान ‘वातावरण संरक्षणमा जुटौँ’



Spread the love

१३ जेठ नाम्चे ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वच्छ वातावारण र दीर्घ जीवन चाहने संसारभरका मानिसलाई सगरमाथा हिमाल सफाइ अभियानमा जोडिन आह्वान गरेका छन्।

सगरमाथा हिमाल सफाइ अभियान–२०७६ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले भने, “ वातावरण र हिमाल संरक्षणमा रुचि राख्ने विश्वभरकै मानिसका लागि यो अभियान जनचेतना जगाउने अभियानका रुपमा रहेको छ ।”

नेपालका गौरवपूर्ण इतिहास बोकेका प्राकृतिक र ऐतिहासिक गढी, चुरे पहाड, हिमाल लगायतको संरक्षण र सम्वद्र्धनमा नेपाली सेनाले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको चर्चा गर्दै उनले मुलुक र जनताको हितमा सेनाले निरन्तर कार्य गर्दै आएको उल्लेख गरे । सगरमाथा र खुम्बु क्षेत्रको विकासका लागि स्थानीय तह र प्रदेश सरकारले ल्याउने योजनाबद्ध कार्यक्रम कार्यान्वयनका लागि सरकारले पूर्ण सहयोग गर्ने बताउँदै उनले यस क्षेत्रको विकास र समृद्धिका लागि सबैको सकारात्मक प्रयास आवश्यक छ भने ।

अभियानका क्रममा सो क्षेत्रबाट चार हजार किलोग्राम फोहर र चार जनाको शवसमेत सङ्कलन गरी काठमाडौँ पु¥याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्