१३ जेठ, काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले विभागीय टोली एपीएफ क्लबाई जीतका लागि १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले ३७ .१ ओभरमा अल आउट हुदै १२५ रनमै समेटियो । लोकेस बमले सर्वाधिक ३० रनको योगदान दिँदा विपीन रावलले २१ रन ,खडक बोहोराले १९, रोशन अधिकारीले १६, त्यस्तै कप्तान शेर मल्लले ११ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेन ।
एपीएफका लागि अभिनाश बोहोराले दुई विकेट लिए भने पृथु बाँस्कोटा, शरद भेषवाकर र भुवन कार्कीले समान एक एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्