१३ काठमाडौं ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चार कम्पनी जनसेना निर्माण गरेको खुलेको छ।
गृहमन्त्री रामबहादुर थापाले काठमाडौंमा आइतवार भएका बम विस्फोटका घटनाबारेमा प्रतिनिधिसभामा सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै विप्लवले जनसेनाको चार कम्पनी बनाएको जानकारी दिएका हुन्।
प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बादलले केही समययता नेकपा विप्लव समूहले संविधानको विरूद्ध, राज्य व्यवस्थाको विरूद्ध, गैरकानुनी, संविधान विरोधी, शान्ति विरोधी गतिविधि गर्दैं आएकोु बताए।
जनसेनाको रूपमा उनीहरूले चार कम्पनी निर्माण गरेको छन्, गृहमन्त्री बादलले भने, यो सबै गतिविधि नेतृत्व गर्नका लागि नेकपा नामको पार्टी गठन गरेका छन्।’
आइतबार भएको विस्फोटमा हालसम्म चार जनाको मृत्यु भएको झण्डै आधा दर्जन घाइते भएको पनि गृहमन्त्री थापाले जानकारी दिए ।
काठमाडौंमा आइतवार भएका घटनामा ज्यान गुमाएकाहरुको नागरिक नभएकाले उनीहरु विप्लव समूहका नै भएको दाबी थापाले गरे। घाइतेहरु पनि विप्लव समूहकै रहेका उनले बताए।