१० जेठ, बैङ्कक। थाइल्याण्डको राष्ट्रिय सभाका पूर्व अध्यक्ष पोर्नपेट्च विचिट्चोल्चाइ प्रतिनिधि सभाको सभामुखमा मनोनित हुनुभएको छ ।
शुक्रबार भएको निर्वाचनमा सिनेटरहरुले उहाँलाई मतदान गरेर निर्वाचित गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
उपसभामुखको रुपमा भने सिङ्सुक सिङफ्राइ र निर्वाचन आयोगका पूर्व अध्यक्ष सुपाचै सोम्चारोन निर्वाचित हुनु भएको जनाएको छ ।
गत मार्च २४ तारिखका दिन भएको निर्वाचनपछि गठित संसदको सुभारम्भ समारोहको अध्यक्षता भने शुक्रबार थाईल्याण्डका राजा र रानीले गर्नु भएको थियो ।
सुभारम्भ समारोहमा कुन ४९८ जना सांसद, २५० जना सिनेटरसँगै प्रधानमन्त्री प्रयुत चान ओच, मन्त्रीहरु, विभिन्न स्वतन्त्र निकायका अधिकारीहरुलगायत सहभागी भएका थिए ।
–––– रासस
प्रतिक्रिया दिनुहोस्