१० जेठ, काठमाडौं । फ्रान्सेली लिग वनको अन्तिम चरणको खेलमा पेरिस सेन्ट जर्मेन राइम्ससँग ३-१ ले पराजित भएको छ ।
३६ औं मिनेटमा रहमान बाबाले राइम्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको राइम्सका लागि ५६ औं मिनेटमा माथ्यु काफारोले अग्रता दोब्बर बनाए । त्यसको तीन मिनेटपछि किलियन एमबाप्पेले एक गोल फर्काए । तर , खेलको ९० औं मिनेटमा रहमान बाबाको पासमा पाब्लो चभारियाले गोल गर्दै राइम्सको जित पक्का गरे ।
यता पीएसजीको लागि भने सिजनको अन्त्य खराब नै रहयो । युवा फरवार्ड किलियन एमबाप्पेले लिगमा आफ्नो गोलसंख्या ३३ गोल पुर्याए ।
प्रतिक्रिया दिनुहोस्