Logo

मेसीलाई लगातार तेस्रो सिजन युरोपेली गोल्डेन बुट



Spread the love

१० जेठ, काठमाडौं । बार्सिलोनाका कप्तान लिओनेल मेसीले छैटौं पटक युरोपेली गोल्डेन बुट हात पारेका छन् । लगातार तेस्रो वर्ष युरोपको सर्वाधिक गोलकर्ता बनेका छन् ।

स्पेनिस ला लिगाका ३४ खेल खेल्दै मेसीले ३६ गोल गरेका हुन् । दोस्रो स्थानमा रहेका पीएसजीका युवा फरवार्ड किलियन एमबाप्पेभन्दा यो संख्या ३ गोल बढी हो । शुक्रबार राती भएको अन्तिम खेलमा पीएसजी राइम्ससँग ३-१ ले पराजित हुदा एमबाप्पेले १ गोल मात्र गरेपछि मेसीको उपाधि पक्का भएको हो ।

मेसीको लगातार तेस्रो जित हुँदा स्पेनिस ला लिगाबाट विजेता घोषित भएको भने यो लगातार ११ औं सिजन हो । मेसी उमेरका हिसाबमा यस उपाधि जित्ने दोस्रा पाका खेलाडी बनेका छन् ।

शनिबार राति मेस्सीको टिम बार्सिलोनाले कोपा डेल रे फुटबलको फाइनलमा भ्यालेन्सियासँग खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्