कुकुरको मूल्य कतिसम्म पर्ला ? तपाइँहामीले अहिलेसम्म हजार तथा लाखसम्म पर्ने कुकुरका बारेमा सुनेका थियौँ । तर यो दुनियामा एउटा यस्तो कुकुर पनि छ जसको मूल्य हवाइजहाज भन्दा पनि बढ्ता छ।
यो कुकुरको भाउ २५ देखि ५० करोड रुपैयाँ सम्म पर्दछ । यो मूल्यमा त एउटा सानो हवाइ जहाज नै किन्न सकिन्छ ।
भारतको जयपुर सहरको दशहरा मैदानमा गत शनिवार केनल क्लब राजस्थानले एउटा कुकुर प्रदर्शनीको आयोजना गरेको थियो । उक्त प्रदर्शनीमा देश विदेशका विभिन्न ४० नश्लका २ सय भन्दा धेरै कुकुरहरु सहभागी भएका थिए ।
त्यसमा तिबेतियन मस्टीफ नश्लको एउटा कुकुर पनि थियो । यसको मूल्य २५ देखि ५० करोड रुपैयाँ सम्म पर्दछ ।
दिल्लीबाट ल्याइएको उक्त कुकुर चीनमा लिलामीद्धारा किनबेच हुने गरेको छ । यो कुकुर जति महंगो छ यसलाई पालन पोषण गर्न पनि उत्तिकै महंगो पर्छ । यो कुकुरलाई चौबिसै घण्टा एसीमा राख्नुपर्दछ । त्यस्तै दुई हप्तामा एक पटक स्पा गराउनु पर्दछ ।
यो कुकुरका लागि खानेकुरा जर्मनीबाट मगाइन्छ भने बदाम इरानबाट ।
यो कुकुर अधिकतम ३२ इन्च लम्बाइको हुन्छ र वजन ७० देखि ८० किलोसम्म ।एजेन्सी