१० जेठ, काठमाडौं । पिएसजीका स्टार खेलाडी केलियन एमबाप्पले र नेयमारमध्ये एकलाई रियल म्याड्रिडले आफ्नो आक्रमणलाई थप मजबुत बनाउनका लागि किन्ने प्रयास भईरहेको बार्सिलेनाका पूर्व स्ट्राइकर रिभाल्डोले बताएका छन् ।
अन्तवार्ताको क्रममा रिभाल्डोले भने, ‘मलाई लाग्छ रियलले नेयमार वा एमबाप्पले मध्ये एकलाई लिने प्रयास गर्नेछ । टोलीलाई थप मजबुत बनाउन उनीहरुलाई त्यो स्तरका खेलाडीको आवश्यकता पर्दछ । ठूलो नामका खेलाडीले त्यस्तो क्लबमा जाने हक राख्छन् । दुवै खेलाडी रियलका लागि लायक छन् ।’
एमबाप्पे पिएसजीका प्रशिक्षक थोमस टुचेलसँग रुष्ट रहेको अनुमान गरिएको छ । एमबाप्पे केहि गोलका कारण युरोपियन गोल्डेन बुट जित्नबाट बन्चित भएका थिए ।
दुई वर्षअघि नेयमारले बार्सिलोना छाडेको प्रसंगमा रिभाल्डोले आफ्नो अभिव्यक्ति राखेका छन् । ‘मलाई लाग्छ बार्सिलोना छाड्नु उनको गल्ति थियो ।