सुमधुर स्वरकी धनी गायिका हुन् मेलिना राई । उनी नेपाली पप तथा आधुनिक गायिका हुन् भने उनले अहिले सम्म पछाडी फर्केर हेर्नु परेको छैन ।
अहिलेकी सबैभन्दा चल्तिकी गायिका मेलिना राईलाई नचिन्ने कमै होलान् । उनले जे शब्द गुनगुनाउँछिन् त्यो हिट भइदिन्छ । दर्शक–श्रोताबाट निकै रुचाइएकी उनी रेडियो नेपालको देशव्यापी गायनमा प्रथम बनिसकेपछि गायनमा लागेकी थिइन् ।
मेलिनाको करियर टर्निङ प्वाइन्ट भइदियो फिल्म दुई रुपैयाँको गीत ‘कुटुमा कुटु…’ । अहिले मेलिनाले जे गाउँछिन् त्यो युट्युबको ट्रेन्डिङमा छाइदिन्छ । मेलिना सफलताको यस्तो घडीमा छिन्, उनी आफैलाई समेत के गर्ने के नगर्ने भइरहेको छ । सबै संगीतकारहरु मेलिनाले आफ्नो गीत गाइदेओस् भन्ने चाहन्छन् ।
उनीद्वारा गाइएका नेपाली गीत युट्युबको ट्रेन्डिङमा पहिलो नम्बरमा आएका गीत ‘कुटुमा कुटु सुपारी दाना’ , ‘अर्को जुनी खै कुन्नी ‘ ,‘पिरेम नलाउनी ’, ‘बैंसै बेइमानी ’, ‘नाच फिरिरि ’ ‘बैगुनी’ लगायत गीत एकपछि अर्को गीतले नेपाली संगीतमा तहल्का मच्याई रहेकी छिन् भने उनी दर्शकको मन मुटुमा बसेकी छिन् ।
उनको पहिलो गीत १२ वर्षको उमेरमा ‘डाँडै काटी जाने भए काटी जाउ मायलु’ रेकर्ड गरेकी थिइन्। उनको दिनौ एउटा म्युजिक भिडियो सार्वजनिक भएका हुन्छन ।
हेर्नुहोस् फोटोफिचर :