राष्ट्रपति विद्यादेवी भण्डारी छिमेकी मित्रराष्ट्र भारतको राजकीय भ्रमण गरी स्वदेश फर्कने दिन यही वैशाख ८ गते सार्वजनिक बिदा नहुने भएको छ ।
गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीबाट भारतको राजकीय भ्रमणको सिलसिलामा प्रस्थानको दिन वैशाख ४ गते नेपालभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगसमेतमा सार्वजनिक बिदा हुनुपर्नेमा अन्यथा भएकाले संशोधन गरिएको जनाएको छ ।
यसअघि, आइतबार गृह मन्त्रालयले विज्ञप्तिमार्फत् राष्ट्रपति भण्डारी भारतको राजकीय भ्रमणका लागि प्रस्थान गर्ने र स्वदेश फर्कने दुबै दिन सार्वजनिक बिदा दिने जनाएको थियो ।
राष्ट्रपति भण्डारी भारतको राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमन्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गरेकी छन् ।उनी भ्रमण पूरा गरी यही वैशाख ८ गते शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्