Logo

पदक जित्न सफल खेलाडीहरुलाई नगदसहित सम्मान



Spread the love

९ जेठ, काठमाडौं । बिहीबार विभागीय टोली सशस्त्र प्रहरी बलले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्न सफल आफ्ना क्लबका खेलाडीहरुलाई नगदसहित सम्मानित गरेका छन् ।

गत बैशाख प्रदेश ५ मा सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण, रजत र कास्यपदक विजेता खेलाडीलाई हल्चोकस्थित सशस्त्र प्रहरीको कार्यालयमा नगदसहित सम्मानित गरेको हो । स्वर्ण विजेतालाई जनही १० हजार, रजत विजेतालाई ७ हजार र कास्य विजेता ५ हजार नगदले सम्मानित भए ।

एपीएफ ५४ स्वर्ण, ६९ रजत र ८० कांस्यसहित कुल २०२ पदकपदक जित्दै तेस्रो हुन सफल भएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले खेलाडीलाई सम्मानित गरेका थिए । कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, नेपाल टेनिस संघका अध्यक्ष ज्योति राणा र नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाह लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्