Logo

आरएफइएफद्वारा कासिलासको सम्मानमा ‘गोलकिपर डे’ घोषणा



Spread the love

९ जेठ, काठमाडौँ । स्पेनिस फुटबल महासंघले राष्ट्रिय टोलीका पूर्व कप्तान एवंम् गोलकिपर इकर कासिलासको सम्मानमा ‘गोलकिपर डे’ घोषणा गरेको छ ।

पोर्टोको प्रशिक्षणका दौरान उनलाई हृदयघात भएपछि केहि साता अघि मात्र उनको शल्यक्रिया गरिएको थियो । लाखौं समर्थकले उनको स्वास्थ्य प्रति चासो राख्दै स्वास्थ्य लाभको कामना गरेका थिए ।

रियल म्याड्रिका पूर्व महान खेलाडी कासिलासको जन्म दिन मे २० लाई गोलकिपर डेका रुपमा मनाउने आरएफइएफले निर्णय गरेको छ।

स्पेनिस फुटबलमा उनको योगदान र महत्वलाई दर्शाउदै मे २० कासिलासको जन्म दिन भएकोले त्यसलाई विशेष दिनका रुपमा मनाइने महासंघले पनि प्रष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्