Logo

अष्ट्रेलियाद्वारा वेस्ट इन्डिज ७ विकेटले पराजित



Spread the love

९ जेठ, काठमाडौँ । विश्वकप सुरु हुन मात्र एक साता बाँकी रहदा अष्ट्रेलियाले अभ्यास खेलमा वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिज ४६.२ ओभरमा अल आउट हुँदै २ सय २९ रनमा समेटिएको थियो । वेस्ट इन्डिजका लागि सर्वाधिक कार्लोस वर्थवेटले ६० रन बनाए । त्यस्तै ,ओपनर इभिन लुईसले ५६ बलको सामना गर्दै ५० रन बटुले । शाई होप २१, सुनिल एम्ब्रीस ३७, फेविन एलिनले १२ रन जोड्न बाहेक अन्यले खासै राम्रो प्रर्दशन गर्न सकेनन् ।

अष्ट्रेलियाका लागि मिचेल स्टार्क,ग्लेन म्याक्सवेल,प्याट कमिन्स र नाथन कुल्टन नाईलले समान २ विकेट हात पारे । त्यस्तै एडम जम्पा र जेसन बेहरनडर्फले समान १ विकेट लिए ।

अष्ट्रेलियाले २ सय ३० रनको विजयी लक्ष्य ३८.३ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा भेट्यो । अष्ट्रेलियाको सहज जितमा स्टिभ स्मिथले ८२ बलको सामना गर्दै ७६ रन बनाए । त्यस्तै कप्तान आरोन फिन्च ४२ र डेविड वार्नर १२ , शन मार्श ५५ र ग्लेन म्याक्सवेल १८ रनमा अविजित रहे ।

वेस्ट इन्डिजका ओशन थोमस र कार्लोस बर्थवेटले समान १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्