९ जेठ, काठमाडौं। स्पेनिस महारथी क्लब बार्सिलोनाका फरवार्ड लिओनल मेसीले फेरि बालोन डे’अर को उपाधि जित्नेमा ढुक्क छन् । तर ,अस्ट्रेलियाका खेलाडी टिम काहिलले मेसीको सट्टा युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अवार्ड दिनु पर्ने अभिव्यक्ति राखेका छन् ।
यो पटकको अवार्डमा पनि मेसी र रोनाल्डोबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ। दुवैले हालसम्म ५–५ पटक अवार्ड हात परिसकेका छन्।
रोनाल्डोले इटालियन सिरि एमा २१ गोल गरेका थिए। त्यस्तै , मेसीले यो सिजनको ला लिगमा बार्सिलोनालाई च्याम्पियन बनाउने क्रममा ३६ गोल गरेका थिए।
उनले भने ‘मानिसहरु मेरो कुरामा सहमत हुँदैनन् भन्ने थाहा छ। उनले रियल म्याड्रिड छोडेर पनि अर्को लिगमा ठूलो प्रभाव पारेका छन्। म्यानचेस्टर युनाइटेड र रियल छाडेर गएका खेलाडीले यस्तो प्रभावशाली खेलेको मैले देखेको छैन। हो उनले यसपटक च्याम्पियन्स लिग जिताएका छैनन्। तर , पनि उनले यो उमेर पनि उतिकै प्रभावशाली खेलिरहेका छन्।’