भद्रपुर, २६ असार ।
कोष तथा लेखा नियन्त्रक कार्यालय भद्रपुरको कोषमा रु आठ अर्ब ७९ करोड छ लाख २२ हजार राजस्व जम्मा भएको छ ।
प्रमुख कोष नियन्त्रक ज्ञानेन्द्रराज ओझाका अनुसार मेची भन्सार कार्यालय काँकरभिट्टामा मात्र रु छ अर्ब ९० करोड राजस्व सङ्कलन भएको छ । जिल्ला भरिमा चालु आवमा पँुजीगत खर्च रु एक अर्ब ५९ करोड ८६ लाख ६९ हजार र चालु खर्च रु पाँच अर्ब २४ करोड ६० लाख ९० हजार भएको छ ।
सरकारी कार्यालयले आर्थिक कारोबारको प्रक्रिया पूर्णरुपमा पालना गर्न, लेखापालहरुले भाउचर तयार पार्दा अङ्कमा ध्यान दिन, धरौटी रकम र राजस्व लेखाङ्कनमा विशेष ध्यान दिन ओझाले कार्यालय प्रमुखहरुलाई सुझाव दिनुभयो । रासस
प्रतिक्रिया दिनुहोस्