Logo

नेकपाका दुई अध्यक्षबीच पार्टीको आन्तरिक समस्या समाधानका विषयमा छलफल



Spread the love

९ जेठ, काठमाडौं।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी कामको विषयमा केन्द्रित भएर छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान भएको छलफलमा पार्टीको एकता प्रक्रिया, सरकारको कार्य प्रगतिका विषयमा छलफल भएको थियो । करिब दुई घन्टा भएको छलफलमा महासचिव विष्णु पौडेलसमेत उपस्थिति रहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताउनुभयो ।

दुई अध्यक्षबीच सरकारको कामकाज तथा पार्टीको आन्तरिक समस्या समाधानका विषयमा नियमित छलफल हुने गरेको बताउँदै सापकोटाले भन्नुभयो, “यो छलफल कुनै गोप्य छलफल होइन, दुई अध्यक्षबीचको नियमित छलफल र भेटघाट हो, भेट भएपछि सरकारको कामकाज तथा पार्टीको समस्या समाधानका विषयमा छलफल हुनु सामान्य हो ।”

नेकपाको पोलिटब्युरो सदस्यहरूको सूची तयार गर्ने र केन्द्रीय कमिटीका सदस्यहरूलाई जिम्मेवारी बाँडफाँटका विषयमा सहमति हुन नसक्दा पार्टीको नेता तथा कार्यकर्तामा गुनासो बढिरहेका बेला दुई अध्यक्षबीच भएको छलफललाई महत्वका साथ हेरिएको छ तर छलफलका विषयमा कुनै ठोस जानकारी भने दिइएको छैन । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्