Logo

सावित्राको गोलमा सेथुको अग्रता



Spread the love

 

८ जेठ, काठमाडौं । सावित्रा भण्डारीले इन्डियन वुमन्स लिगको फाइनल खेलमा मणिपुरविरुद्ध गोल गर्दै सेथुलाई २-१ ले अग्रता दिलाएकी छिन् । सावित्राले जारी दोस्रो हाफको ५ मिनेटको अन्तरमा सेथुको लागि दोस्रो गोल गर्दै सेथुलाई खेलमा पुन फर्काएकी छिन् ।

पहिलो हाफसम्म सेथु १-० ले पछाडी रहदा खेलको ४३ औं मिनेटमा मणिपुरकी राधारानी देवीले हेडरमार्फत गोल गर्दै अग्रता दिलाएकि थिइन । पहिलो हाफको इन्ज्युरी समयमा सेथुले गोल गर्ने अवसर प्राप्त गरेपनि आशालता देवीको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो । दोस्रो हाफको ५६ औं मिनेटमा सेथुले खेल बराबरीमा ल्यायो ।

त्यसको ४ मिनेटपछि नै सावित्राले सेथुलाई अग्रता दिलाइन् । उनले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्