Logo

आयोगले दियो सीके राउतलाई दल दर्ता प्रमाणपत्र



Spread the love

 

८ जेठ, काठमाडौं । निर्वाचन आयोगमा जेठ ६ गते सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भए पनि आज मात्र सीके राउतलाई आयोगले दल दर्ता प्रमाणपत्र दिएको हो । उनको पार्टी कार्यालय भक्तपुरको सूर्यविनायक रहने छ । राउतको पार्टीको दर्ता नम्बर १५० रहेको छ ।

राउतले प्रमाणपत्र पाए संगै सबै जनता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र नेताहरुलाई ट्विटरमार्फत धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्