८ जेठ , काठमाडौं। जेठ १० गतेबाट सुरु हुने प्रधानमन्त्री एक दिवसिय राष्टिय प्रतियोगिताको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका पारस खड्काको कप्तानीमा प्रदेश ३ ले आफ्नो १४ सदस्य टोली घोषणा गरेको छ ।
बुधबार घोषणा गरेको टोलीमा कप्तान पारस लगायत अन्य थुप्रै युवा खेलाडी आफ्नो प्रतिभा देखाउने मौका पाएका छन् । प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीले सहभागिता जनाउने छन् ।
प्रदेश ३ ले पहिलो खेल जेठ ११ मा टियु मैदानमा एपीएफसँग खेल्ने छ । यस पटक प्रदेश ३ लाई उपाधिको दावेदार टोलीको रुपमा समेत हेरिएको छ ।
१४ सदस्य टोली :
१. पारस खड्का(कप्तान)
२. ज्ञानेन्द्र मल्ल(उपकप्तान)
३. सोनु तामाङ
४. जितेन्द्र सिंह ठकुरी
५. इशान पान्डे
६. रित गौतम
७. प्रतिस जि.सी
८. अभिषेक बस्नेत
९. सुर्य तामाङ्ग
१०. सोनु देवकोटा
११. नन्दन यादव
१२. गौतम केसी
१३. आदिल खान
१४. रविन जोशी (विकेटकीपर)
वैकल्पिक खेलाडी :
भुपेन्द्र थापा
रेवाती यादव
सुभ कंसाकर
दिपक बोहोरा