८ जेठ, काठमाडौं । बुधबार ५६ वर्षीय गोपाल श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
झन्डै २ दशकयता देखि एचआइभीबाट संक्रमित पूर्व राष्ट्रिय खेलाडी गोपाल श्रेष्ठले तीन वर्षअघि आरोहणको प्रयास गरेपनि आधार शिविर पुगेर फर्कनुपरेको थियो ।
श्रेष्ठले फ्रेन्ड्सलाई शीर्ष डिभिजन लिगमा ल्याउँदा टोलीका महत्वपूर्ण सदस्य रहेका थिए । फुटबल छाडेपश्चात उनलाई सिरिन्जको प्रयोगले एचआईभी लागेको थियो । उनी एचआइभी संक्रमित सगरमाथा चढ्ने पहिलो विश्व कीर्तिमानी समेत भएका छन् ।
सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार ड्रिमर्श डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशन प्रा.लि. का फुर्वा तेन्जिङ शेर्पाको नेतृत्व र दाकिपा शेर्पाको सहजीकरणमा आरोही श्रेष्ठले सगरमाथा आरोहण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्