सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपन्द्र यादव मधेसी मोर्चा र सङ्घीय गठबन्धनको बैठकमा अन्य नेताले भन्दा चर्को कुरा गर्छन् भन्ने खबर आजको नागरिकमा छापिएको छ ।
सार्वजनिक कार्यक्रम तथा मिडियामा पनि उनको अभिव्यक्ति चर्को मात्र होइन, निर्वाचन वहिस्कार गर्ने धम्की दिइरहन्छन् ।
यता यादवका पार्टीका नेताहरूले भने निर्वाचन आयोगले दिएको समयसीमाभित्रै आयोगमा टिकट वितरणमा पार्टीको नमुना हस्ताक्षर बुझाएका छन् ।
मधेसी मोर्चामा आबद्ध अन्य ६ दलले भने आयोगमा आधिकारिक हस्ताक्षर बुझाएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्