८ जेठ, काठमाडौं । इण्डोनेशियामा पछिल्लो प्रदर्शनका क्रममा ६ जनाको मृत्यु, २०० जना घाइते भएको सरकारी अधिकारीहरुले बताएका छन् । मंगलबार त्यहाँको राष्ट्रपति पदमा पुन जोको विदोदो नै निर्वाचित भएको घोषणा भएसंगै इण्डोनेशियामा तनाव उत्पन्न भएको हो।
मंगलबारदेखि राजधानी जकार्तामा शान्तिपूर्ण रुपमा प्रदर्शन सुरु भएकोमा पछि प्रदर्शन हिंस्रक बनेको थियो । प्रदर्शनकारीबाट कारहरु जलाइएका थिए भने प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास समेत प्रयोग गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्