८ जेठ, काठमाडौं । भारतीय महिला लिग फुटबलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका सावित्रा भण्डारी र अनिता बस्नेत सम्मिलित सेथुले आज उपाधिका लागि मणिपुर पुलिस स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह ४ः१५ बाट गुरु नानक स्टेडियममा सुरु हुनेछ ।
सावित्रा भण्डारीको सानदार प्रदर्शनमा अपराजित रहदै फाइनल यात्रा तय गरेको सेथु अपराजित रहेर फाइनल जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।भने मणिपुर स्पोर्टस हारको बदला लिने लक्ष्यका साथ मैदान उत्रनेछ ।
अन्य खेलमा जस्तै फाइनलमा सावित्रा चम्किन भने साविकको उपविजेता सेथु भारतीय महिला लिग फुटबलको च्याम्पियन बन्नेछ । दुवै टोलीले ६ खेलमा विपक्षी टोलीविरुद्ध समान ४१ गोल गरेका छन् । त्यसले गर्दा नै फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
एक पटकमा एक विदेशी खेलाडी मात्र खेलाउन पाउने भएकाले नेपालकी अनिता बस्नेतले कमै मौका पाएकी छन् ।