Logo

एन्ड्रोस टाउनसेन्डको गोल “प्रिमियर लिग गोल अफ दि सिजन” घोषित



Spread the love

८ जेठ, काठमाडाैँ – विङ्गर एन्ड्रोस टाउनसेन्डले गोल प्रिमियर लिगको यस सिजनको उत्कृष्ट गोल घोषित भएको छ । म्यानचेष्टर सिटीविरुद्व क्रिस्टल प्यालेसका विङ्गरले प्रहार गरेको गोल सिजनको उत्कृष्ट गोल घोषित भएको हो ।

उनैको गोलमा प्यालेसले प्रिमियर लिगमा च्याम्पियन बनेको सिटीलाई ३–२ ले स्तब्ध बनाएको थियो । उनको गोल प्रत्येक महिनाको उत्कृष्ट गोलको मनोनयनमा परेको थियो ।

सो गोल प्रिमियर लिगको सिजनको उत्कृष्ट गोलमा तेस्रो पटक चुनिएको हो । लिभरपुलका भर्जिल वान डिजिकले प्लेयर अफ दी सिजन र म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले म्यानेजर अफ दी सिजनको उपाधि उचालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्