Logo

युवा विकास र स्वरोजगार



Spread the love

– तेजकिरण ओली

17918665_623604627840911_865661560_n

युवाहरूलाई आर्थिक,सामाजिक ,राजनीतिक र सांस्कृतिक रूपान्तरणका अग्रदुत तथा परिवर्तन का संवाहक मानिन्छ ।साहस,सिर्जनशिलता,उच्च अात्मविश्वासका ,उच्च जोस ,सिक्न सक्ने बलियो क्षमता कारण युवाहरूलाई कुन‌ै देशका महत्त्वपूर्ण खम्बा का रपमा लिइन्छ ।गुणात्मक र संख्यात्मक सबै कुराले युवाहरू देशका महत्त्वपूर्ण मेरुदण्ड हुन् ।युवाहरुका परिभाषा भिन्न भिन्न भए पनि संयुक्त राष्ट्रसंघले भने १५ वर्षदेखि २४ वर्ष उमेर समूहका व्यक्तिलाई युवाको परिभाषा भित्र समेटर उनीहरूको प्राथमिकताका विषय समेत तोकेको छ । युवालाई उमेरको आधारमा हेर्ने हो भने भिन्न देशले भिन्न उमेरलाई युवा उमेर भनेर तोकेका छन् ।नेपालमा भने १६ देखि ४० वर्ष उमेर समुहकालाई युवा मानिएको छ र यो सङ्ख्या भनेको देशको कुल जनसङ्ख्याको करिब ४०.३ प्रतिशत रहेको छ ।

विभिन्न देश अनुसार युवाहरूलाई विभिन्न समूहका आधारमा विभाजन गरेको तथ्य देख्न सकिन्छ ।जर्मनीले १४ देखी २६ भारतले १५ देखी ३५ चीनले १४ देखी २८ वर्षको उमेरलाई युवा मानेका छन् । जापानले २४ वर्ष सम्मकॊ लाई युवा मानेका छ । यसै गरी दक्षिण अफ्रिकाको १५ देखी २९ फिलिपिन्स र बङ्गलादेशले १५ देखी ३० सम्मको उमेर समूहलाई युवा समूह मानेका छन् ।विभिन्न देशका तथ्यहरू नियाल्दा नेपालमा भने युवाहरुका प्राथमिकता के हो भन्ने कुराहरू अझ‌ै अन्योल देखिन्छ ।यो अस्पस्ट नीतिले गर्दा युवाहरू अझै बेरोजगार को चपेटामा परेको देखिन्छ ।जस्तो कि १६/१७ बर्से छोरा र ३९/४० वर्ष बुवा लाई एउटै समूह भित्र राखिएको छ ।न यस्तो नीतिले छोरालाई उपयुक्त रोजगार को अवसर सृजना गर्ने सक्छ न त बुवा लाई उपयुक्त रोजगारकाे अवसर सृजना सक्छ ।सरकारी संकाय बाट कुनै पनि चासो का साथ नहेरिएको अवस्थामा झन् झन् मात्राका युवाहरू का समस्याहरू विग्रालरुप लिइरहेको छ ।यस्तो खालको युवाहरूको समूह न त वैज्ञानिक र व्यवहारिक छ ।त्यसैले विभिन्न नीति,नियम तर्जुमा गर्दा युवाहरूको निश्चित समूह निरधारण गरी कार्यक्रमहरू लागू गरिनु आवश्यक छ ।सरकारले उपयुक्त अध्ययन अनुसन्धान गरी सम्पूर्ण युवाहरुका समस्याहरू बारे समयमै उपयुुक्त बाटो अपनाउनु पर्ने देखिन्छ।

आर्थिक सम्वृद्धिको दिशातिर युवाहरू लाई अगाडी बढाइ अब देशमा राजनीतिक मुद्दा भन्दा पनि सबै राजनीतिक दलले आर्थिक विकाश र सम्वृद्धिको मुद्दा लाई प्राथमिकता दिनुपर्दछ । युवाहरूलाई बिग्रदो राजनीति बाट माथि उठाई विकाश निर्माण,उत्पादन र रोजगारीको क्षेत्रमा अगाडि बढाउनु पर्दछ ।एक त हामी भर्खरै जमिनमा आधारित अर्थतन्त्रबाट बजारमा आधारित अर्थतन्त्र अर्थात् ‘मार्केट इकोनमी’मा प्रवेश गरिरहेका छौँ र मुलुकमा प्रशस्त अवसरहरूको निर्माण गर्न सकिरहेका छैनौँ, अर्कोतिर नीति निर्माणको तहमा पनि युवालाई प्रोत्साहित गर्न सकिरहेकाे अवस्था छैन ।

विश्वमा जति पनि विकास निर्माण का उत्लपुथल भएका छन् ती सबै युवाहरुका देन हुन् ।चाहे आर्थिक विकास होस चाहे त्यो भाैतिक विकास होस् ।विकसित दिशहरुमा युवाहरुकै नेतृत्वमा विकास निर्माण का कुराहरू हुन्छन् तर विडम्बना हाम्रो देशमा ती अवसरहरू पाउनका लागि कपाल फुलाउनु पर्ने बाध्यता रहेको छ ।हामी छिमेकी देश चीनकै उदाहरण लिऊँ । देङ स्याओ पिङको उदार अर्थनीतिपछि संसारको आर्थिक महाशक्ति बन्ने होडबाजीमा संलग्न भएर अहिले आर्थिक प्रगतिको चुचुरोमा पुगेको चीनको लोभलाग्दो समृद्धिमा युवा समुदायको खास देन छ । सन् १९९४ देखि सरकारी तहबाट युवा बेरोजगारी दर सार्वजनिक नगरे पनि अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले सन् २०१२ मा गरेको पछिल्लो स्वतन्त्र सर्वेक्षणले चीनको बेरोजगारी दर जम्माजम्मी ४ दशमलव ५ प्रतिशतमात्र देखाउँछ ।
तर हाम्रो जस्तो विकासोन्मुख देशमा भने त्यो वेरोजगारि दरकाे ग्राम निकै डरलाग्दो रूपमा अगाडि बढिरहेको छ ।यस्तै अनुपात मा अगाडि बढिरहदा निकै ठुला चुनाैतिहरु सामना गर्नु पर्न देखिन्छ ।हामीले छिमेकी देशबाट धेरै कुराहरू सिक्न जरुरी देखिन्छ ।

देशको महत्त्वपूर्ण र निर्णायक शक्ति भनेकै युवा शक्ति हो, तर आज महत्त्वपूर्ण शक्तिनै देशमा बढ्दो युवा बेरोजगारी को समस्याले बिग्राल रूप लिईरहेकोछ।विगतका दिनमा हामी राजनीतिक परिवर्तन गर्नमा अग्रपङ्क्तिमा लागेर हिड्याँै, त्यसरी नै अब राष्ट्रलाई समृद्ध बनाउन पनि युवा अग्रपङ्क्तिमा लागेर हिड्न अत्यन्त जरुरी छ ।दिनानुदिन भइरहेको अत्यधिक जनसङ्ख्या वृद्धि पनि चुनाैतिको विषय बन्दै गएको छ ।देशमा बेरोजगार युवाहरू कति छन् भनेर हामी सँग एकिन तथ्य पनि छैन तर हामी सगँ साना उदाहरण भने धेरै छन् जस्तो कि कुनै पनि सरकारी सेवामा प्रवेश गर्ने का लागि फम भर्न जाँदा २०० जनाको कोटामा करिब ५० हजार भन्दा बढी को आवेदन परेको तितो महसुस हामी सबैले गरिरहेका छाै।यो त भयो हामीसँग देखावटी उदाहरण,एक घण्टामा करिब ३३ युवा वैदेशिक रोजगारको लागी काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने गर्दछन् भने त्यही सङ्ख्याको अनुपात महिनामा करिब चौबिस हजार हुन जान्छ तर खुला सिमाना हुदैं भारतमा रोजगारमा जानेको सङ्ख्या अझै भन्दा बढी हुन सक्छ भन्ने अनुमान गर्न सकिन्छ ।

हो,यति धेरै सङ्ख्यामा युवाहरू विदेश पलान हुँदा सरकारलाई रेमिट्यान्स त प्रशस्तै भित्रीएला तर भविष्यमा भने अन्धकार नै छ ।अत्यधिक मात्रामा युवाहरू वेरोजगार भई विभिन्न आपराधिक गतिविधिहरू मा संगलग्न ,विभिन्न लागू अाैषधिहरु सेवन गरिरहेका,चन्दा,धन्दा ,अातंङ्क ,याैन दुर्व्यवहार जस्ता धेरै गतिविधिहरूमा संलग्न देखिन्छन् ।सरकार ले उचित रणनीति नचाल्दा भोलिका पिढिका लागि निकै घातक र खतराको सुचकमा परेको तथ्याङ्क देख्न सकिन्छ ।नेपालमा प्रत्येक वर्ष करिब चार लाख युवा श्रम बजारमा अवसरमा प्रवेश गर्ने गर्दछन् तर त्यसको आधा भन्दा बढी सङ्ख्या स्वदेश मै बेरोजगार नै रहन्छ यसरी देश बाहिर जाने र देशमै बेरोजगार हुनेमा सबैभन्दा बढी १७ – ३० उमेर समहुका छन् ।” युवा रोजगारीको यस्तो डर लाग्दो तस्बिर सार्वजनिक भइरहँदा नेपालमा भने अस्थिर सरकार पद र कुर्सी को मोहमा लपेट्टिरहेको छ ।देश अस्तव्यस्त मा गुज्रिरहेको छ ।सरकार परिवर्तन भइरहन्छ ।अशिक्षित र बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउन अभिमुखीकरण तथा व्यावसायिक र सीपमूलक तालिम प्रदान गर्नुका साथै बैङ्क र वित्तीय सस्थाहरूमार्फत् सहुलियत ब्याजदरमा बिनाधितो आवधिक कर्जा प्रदान गर्दा

युवाहरू स्वदेशमै प्रयाप्त मात्रामा रोजगारीका अवसरहरू पनि सृजना गर्ने सकिन्छ। निःशुल्क रूपमा प्रदान गरिने ती सेवामूलक व्यावसायिक तालिमबाट बेरोजगार युवाहरूको आयआर्जनमा वृद्धि गरी जीविकोपार्जनलाई सहज बनाउन मद्दत पुग्दछ ।त्यसैले अबको सरकारी तथा गैरसरकारि निकायको ध्यान स्वरोजगार तिर लम्किनु अपरिहार्य छ ।
बढ्दो वैदेशिक रोजगारीको आकर्षणलाइ कम गर्नको लागी देशमा उद्योगधन्दा,कलकारखानाको स्थापना गर्नुपर्दछ । कृषि,व्यापार व्यवसाय,प्रर्यटन आदि क्षेत्रमा देशभित्रै सम्भावना खोजिनुपर्दछ । र सम्भावनाहरुलाई अध्धयन अनुसन्धान गरी छिट्टै समृद्धिमा परिणत गरिनुपर्छ ।
देशभित्र शान्ति सुरक्षा कायम गरी बाह्य लगानीको आकर्षण बढाउनुको साथै स्वदेशि लगानीकर्ता लाई प्रोत्साहन गरिनु पर्दछ । सरकारी संयन्त्रको अप्रभावकारीता,प्रशासनको विकृति जस्ता कुरालाई हटाई निजी क्षेत्रको सहभागितामा वृद्धि र सरकारी,निजी सहकारीता को अवधारणा अनुसार विकाश निर्माण अगाडि बढाउन हाे भने देशभित्रको युवा बेरोजगारीको समस्या कम गर्न सकिन्छ ।
अब देशका विभिन्न समस्याहरू अन्त्य गर्न पनि युवाहरू नै अगाडि आउन जरुरी छ ।अस्तव्यस्त राजनीति बाट रुमलिरहेको सरकार,०७२ सालको महाभुकम्प ,भारतीय नाकाबन्दी ,मधेस आन्दोलन ले गर्दा देशको अर्थतन्त्र दिनानुदिन धरासाहि बन्दै गएको छ । तर, राजनीतिक दलहरू भने समस्या समाधान गर्न दिनप्रतिदिन असफल हुँदै गइरहेका छन् ।यस्तो अवस्थामा युवाहरू भने मुखदर्शक भएर हेरिरहनु को विकल्प भन्दा अरू केही छैन ।सृजनशिल र मेहनति युवाहरू पनि तनाव,दबाब र प्रभावमा परेर सोचेअनुरुपको प्रगति गर्ने सकिरहेका छैन्न ।त्यसैले अबको विकल्प भनेको युवाहरू आफूले सकेसम्म स्वरोजगारतिर अग्रसर हुनु हो ।र शिक्षित युवाहरू ले नेतृत्व लिई अशिक्षित युवाहरूलाई समेटि स्वदेशमै केही उद्धम गर्नु को विकल्प भन्दा अरू छैन ।देशमा बढ्दो बेरोजगारीको अन्त्यको लागी युवाहरूलाई उत्पादनमुखी काममा प्रयोग गर्न जरुरी छ , विदेशमा बगाउने पसिना अब देशमै बगाउने वातावरण बनाउन जरुरी छ ।‘सार्थक सहभागिता, क्षमता र नेतृत्व विकासको माध्यमबाट युवालाई राष्ट्रिय विकासको मूलधारमा समावेश गर्दै समृद्ध, आधुनिक र न्यायपूर्ण नेपाल निर्माण गर्न युवाको भूमिका र तिनीहरूमा रहेको क्षमतालाई गुणात्मक बनाउन जरुरी छ ।अनि मात्र समृद्ध अनि नव नेपालको परिकल्पना गर्ने सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्