७ जेठ, काठमाडौं । प्रत्येक क्रिकेट खेलाडीको आफ्नो देशबाट विश्वकप खेल्ने सपना बोकेको हुन्छ । जब आफ्नो नाम विश्वकपमा परेको थाहा हुन्छ सायद त्यो दिन उक्त खेलाडीलाई जीवनकै सबैभन्दा ठूलो खुसि मिल्दछ । तर, पाकिस्तानी युवा अलराउन्डर आशिफ अलीलाई विश्वकपमा परेको अघिल्लो दिन नै पुत्रीशोक परेको छ ।
अली पाकिस्तानको विश्वकप टोलीमा पर्नु अघि आईतबार राती उनको १९ महिने छोरी नुर तातिमाको अमेरिकामा क्यान्सरको कारणले निधन भएको थियो । जसले गर्दा अली विश्वकप टोलीमा परे पनि खुसी हुन सकेनन् ।
उनि दुखद घढीमा रई रहेका बेला पाकिस्तानको विश्वकप खेल्ने टोलीमा परेका हुन् । पाकिस्तान क्रिकेट बोर्डले फहिम असरफको स्थानमा उनलाई टोलीमा मौका दिएको थियो ।
आसिफलाई पाकिस्तान बोर्डले अमेरिका जानुपरेको अवस्थामा जान दिने बताएको छ । मुख्य छनोटकर्ता इन्जमाम उल हकले अलिले केहि खेल गुमाउने अवस्था आएपनि उनलाई टोलीमा राखेरै छुट्टि दिने बताएका छन् ।
अघिल्लो वर्षमात्र अलीले पाकिस्तानको सिनियर टिममा डेब्यू गरेका थिए । अलराउन्डर अली तल्लो क्रममा ठूलो शट प्रहार गर्न खप्पिस हुँदा मध्यम गतिमा बलिङ गर्ने गर्दछन् ।
त्यस अघि सन् २०१७ मा अलीले नेपालको फ्रेन्चाइज लिग एभरेष्ट प्रिमियर लिगमा पोखरा राईनोजबाट खेलेका थिए ।