७ जेठ, काठमाडौं । बोलिभियन रेफ्री भिक्टर ह्युगो हुर्टाडोको खेल खेलाउदै गर्दा अचानक हृदयघात हुदा अस्पतालमा निधन भएको छ।
बोलिभियन लिगअन्तर्गत अल्वेज रेडी र ओरीएन्टे पेट्रोलेरोको खेल चलिरहदा खेलको ४७ औं मिनेटमा ३१ वर्षिया ह्युगो एक्कासी उत्तानो परेर लडेका थिए ।
ह्युगोलाई अस्पताल लगेपछि भने गम्भीर हृदयघात भएको थियो ।त्यसपछि डाक्टरहरुले भने उनलाई बचाउन सकेनन् ।त्यस पश्चात खेल जारी राख्दै अल्वेज रेडीले ५-० ले जितेको थियो ।
बोलिभिया फुटबल संघका अध्यक्ष इभो मोरालेसले ट्वीट गर्दै श्रद्दान्जली अर्पण गरेका छन् । राष्ट्रिय फुटबलमा ७ दिनको लागि संघले शोक प्रस्ताव राखेको छ ।
प्रतिक्रिया दिनुहोस्