६ जेठ, काठमाडौं । पिएसजीका फरवार्ड इडिन्सन काभानी अझै पीएसजीमै रहन चाहेको छन् । पिएसजीमा काभानीको यो छैटौं सिजन हो । उनले क्लबका लागि २ सय गोल गरेका छन् ।
उरुग्वेली स्टारले पिएसजीलाई लिग उपाधि र कप जिताउन भूमिका खेल्दै आएका छन् । काभानीले एमबाप्पे र नेयमारसँग बलियो आक्रमण जोडी बनाएका थिए तर, यस सिजन चोटका कारण धेरै खेल गुमाएका थिए ।
उनको क्लबसँगको सम्झौता अझै एक वर्ष बाँकी छ । तर ,पनि उनी भविष्यलाई लिएर निश्चित छैनन् । ‘समर्थकहरुको साथमा म निकै खुसी छु । यसले झनै बढी उत्साहित बनाउने गर्दछ,’ काभानीले भने, ‘सबै चिज काम, शिक्षा र व्यावसायिकतामा आधारित हुन्छ । समर्थकले हामीलाई परिचय दिन्छन् । म ती सबै समर्थकप्रति आभार व्यक्त गर्न चाहन्छु ।’
फुटबलमा आफुले चाहे जस्तो मात्र हुँदैन । बोर्ड पनि छ । तर म आफ्नो सम्झौता हुँदा सम्म बस्न चाहन्छु । ‘
प्रतिक्रिया दिनुहोस्