साधरणतया मानसिक रोग भन्नाले बोलीचाली,भावना,बिचार वा स्मरणशक्ति आदिमा मानिसहरूले कायम गर्न नसकेको अवस्थालाई मानसिक रोग भन्ने बुझिन्छ l के तपाईहरुलाई थाहा छ ? कसरी लाग्ने गर्दछ मानिसहरुमा मानसिक रोग थाहा पाउनुहोस् यसको कारणहरू l
यस्ता कारणहरूले गर्दा मानसिक रोग लाग्ने गर्दछ :
- यदि कसैको परिवारमा यो रोग बंशाणुगत छ भने पनि कतिपय मानिसहरूमा यो रोग लाग्ने गर्दछ l
- पारिवारिक सम्बन्धमा सधैँ झैँ-झगडा हुन् गएमा पनि त्यसको असर बालबालिकामा पर्ने हुन्छ l जसले गर्दा यस्तो रोगको सिकार हुने गर्दछन् l
- कतिपय मानिसहरूको बानी अनावश्यक कुरामा तनाव लिने हुन्छन् l जसले गर्दा पनि यो रोग लाग्ने गर्दछ l
- यदि कसै मानिसको दुर्घटना भएको छ भने पनि यस्ता मानिसहरूमा यो रोग देखा पर्ने गर्दछन् l
- बढी मात्रामा मदिरापान र ध्रुमपान गर्नाले त्यसको असर युवाहरूमा पर्न गई मानसिक रोग पनि देखा पर्दछ l
प्रतिक्रिया दिनुहोस्