६ जेठ, काठमाडौँ ।
नेपाली काङ्ग्रेसले पार्टीका नेता सर्लाही निवासी रामबालक सिंहको निधनप्रति दुःख व्यक्त गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्तिमार्फत उनको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरे ।
केही समयदेखि पक्षघातबाटपीडित सिंहको आइतबार सर्लाहीको बलरास्थित आफ्नै निवासमा निधन भएको हो । विसं १९८८ मा जन्मनु भएका स्व सिंह विसं २००७ को क्रान्तिदेखि जीवनको उत्तरार्धसम्म निरन्तर काङ्ग्रेसमा सक्रिय थिए ।
स्व सिंह नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रियतापूर्वक सहभागी भएको पार्टी कार्यालयले जनाएको छ । उनका श्रीमती, दुई छोरा र तीन छोरी छन् ।
प्रतिक्रिया दिनुहोस्