६ जेठ, पर्वत ।
पर्वतमा बम बनाउँदै गर्दा भएको विस्फोटमा दुई जना घाइते भएका छन् ।
बिहादी गाउँपालिका–६, शालीग्राममा आइतबार साँझ बनाउँदै गरेको पाइप बम विस्फोट हुँदा २७ वर्षीय छविलाल घर्ती र समीर राना घाइते भएका भएका छन् ।
उनीहरुले माछा मार्ने प्रयोजनका लागि सलाइको काँटी भरेर पाइप बम बनाउँदै गर्दा विस्फोट भएको हो । घर्तीले बनाएको बम विस्फोट हुँदा नजिकै रहेकी १६ वर्षीया किशोर समीरा राना घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइतेको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्