Logo

विमलेन्द्र निधि क्याबिनेट बैठकमा नजाने,हेर्नुहोस् रणनीति



Spread the love

bimalendra-nidhi-e1470919250617

कमल थापालाई दास्रो वरीयतामा राख्ने प्रधानमन्त्री पुष्पकमल दाहाल निर्णप्रति असन्तुष्ट उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले मन्त्रिपरिषद् बैठकमा सहभागिता नजनाउने भएको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रधानमन्त्रीपछिको वरीयता आफूले नपाए पद छाड्ने सार्वजनिक अभिव्यक्ति दिएका निधिलाई पार्टी सभापति शेरबहादुर देउवाले पद नछाड्न सुझाव दिएपछि पद नछाड्ने तर मन्त्रीपरिषद् बैठकमा सहभागी नहुने रणनीति अपनाउन लागेका हुन् ।

थापालाई दोस्रो वरीयता दिने प्रधानमन्त्रीको कदम स्वीकार नगर्ने निर्णयमा पुगेका निधिले थापा सहभागी हुने मन्त्रीपरिषद् बैठकमा भाग नलिन यस्तो योजना बनाएको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्