Logo

नेकपा सचिवालय बैठक बस्दै, पोलिटव्युरोको नाम घोषणा गर्ने र केन्द्रिय सदस्यहरुलाई जिम्मेवारी दिने



Spread the love

५ जेठ, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ। बैठकमा पार्टी एकीकरणपछि तय हुन बाँकी रहेका विभिन्न आयोग तथा विभागको नेतृत्व चयनबारे छलफल हुनेछ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार विहान ११ बजे बस्ने बैठकमा एकता घोषणा भएको एक वर्ष पूरा भए पनि एकता प्रक्रियाका केही काम टुङ्गो लगाउन बाँकी भएकाले बैठक बस्न लागेको हो ।

एकीकरणको एक वर्षसम्म नेकपाले जिल्ला तहसम्मको नेतृत्व चयन गरिसकेको छ । यस्तै, पोलिटव्यूरो, जनवर्गीय सङ्गठनको नेतृत्व पनि तय भइसकेको छ।

यसअघि बिहीबार बसेको सचिवालय बैठकले पार्टीको जनवर्गीय सङ्गठनको नेतृत्वमा सहमति जुटाएको थियो। आज बस्ने बैठकले पोलिटव्युरो कमिटीमा रहने सदस्य, केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी, पार्टी आयोग गठन, केन्द्रीय सल्लाहकार परिषद् तथा केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च गठनबारे छलफल भई निर्णय गर्ने एजेन्डा रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्