Logo

आईसीसी विश्वकप विजेताले ४५ करोड प्राप्त गर्ने



Spread the love

४ जेठ, काठमाडौं । १२ औं संस्करणको आईसीसी विश्वकप क्रिकेट सुरु हुन अब केही दिन मात्रै बाँकी छ । इंग्ल्याण्ड र वेल्समा हुने विश्वकप ३० मे बाट सुरु हुनेछ जस प्रतियोगितामा १० टोलीले सहभागिता जनाउने छन् ।

विश्वकप जित्ने टोलीले ४ मिलियन डलर पुरस्कार पाउने छन् । यो ४४ करोड ९७ लाख ८० हजार बराबरको नेपाली रुपैयाँ हुन जान्छ । उपविजेता टिमले भने दुई मिलियन डलर प्राप्त गर्नेछ । त्यस्तै तेस्रो र चौथो हुने टिमले समान आठ/आठ लाख अमेरिकी डलर पुरस्कार पाउने छन् ।

यसैगरी समूह चरणमा जित निकाल्ने टिमलाई ४० हजार डलर रकम दिइने छ । आईसीसले २०१५ को विश्वकप जित्ने टोलीले ३.७५ मिलियन डलर पुरस्कार दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्