इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राइजिङ पुने सुपरजाइन्ट्सले विजयी सुरुवात गरेको छ । बिहीबार रातिको खेलमा पुनेले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको हो ।
मुम्बईले विजयका लागि राखेको १ सय ८५ रनको लक्ष्यलाई १ रन बाँकी रहँदा पूणेले पुरा गर्यो। जितका लागि अन्तिम ३ बलमा १० रन आवश्यक रहेको बेला स्मिथले किरोन पोलार्डको चौथो र पाँचौ बलमा लगातार दुई छक्का प्रहार गर्दै पूर्णलाई जित दिलाए। भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई पदस्थापन गरेर यसपालि स्मिथलाई कप्तानी दिइएको थियो। उनले ५४ बलमा ३ छक्का र ७ चौकाको सहयोगले अविजित ८४ रन बनाए।
यस्तै अजिन्का रहानेले ३ छक्का र ६ चौकाको मद्धतमा ३४ बलमा ६० रनको योगदान दिए । पहिले ब्याटिङ पाएको मुम्बई इन्डियन्सले निर्धारीत २० ओभरमा ८ विकेट जाँदा १ सय ८४ रन बनाएको थियो । मुम्बईका लागि जस बटलरले सर्वाधिक ३८ रन बनाए । उनले १९ बलमा ३ चौक्का र ३ छक्का हानेका हुन् । यस्तै नितिश रानाले २८ बलमा ३४ रन बनाए । पुनेका इमारान ताहिरले तीन, रजत भाटियाले दुई साथै बेन स्टोक्स र अदम जम्पाले एक एक विकेट लिए ।