३ वैशाख, काठमाडौं । चेल्सीले स्ट्राइकर गोन्जालो हिगुइनसँगको लोन सम्झौता अघि नबढाउने भएको छ । युरोपा लिगको फाइनल पछि चेल्सीले अर्जेन्टिनाका फरवार्डलाई युभेन्ट्स फर्काउने सम्भावना उच्च रहेको छ ।
इंग्ल्यान्डमा ३१ वर्षे फरवार्डले खासै राम्रो प्रभाव पार्न सकेका छैनन् । उनले चेल्सीका लागि २१ खेलमा मात्र ५ गोल गर्न सके । चेल्सीसँग उनका लागि दुई वटा विकल्प थियो । एउटा १५.७ मिलियन पाउन्डमा अर्को सिजनका लागि लोनमा राख्ने वा ३१.६ मिलियन पाउन्डमा खरिद गर्ने ।
हिगुइनको प्रदर्शनमा सुधार आउनेमा चेल्सीले अपेक्षा राखेको छैन ।
चेल्सीको निर्णयलाई टोलीका प्रशिक्षक माउरिजियो सारीले कसरी लिनेछन् त्यो भने हेर्न लायक हुनेछ । हिगुइनका ठूला समर्थक मध्य सारी पनि एक हुन् ।
प्रतिक्रिया दिनुहोस्