सबै जना मानिसहरूको फेश सफा र सुन्दर हुन्छ भन्ने हुँदैन । कतिपय मानिसहरूको फेशमा वा नाकमा कालो दाग र रौँहरू पनि हुने गर्दछ । जसलाई ब्ल्याकहेड्स भनिन्छ । तर यस्ता दागहरूलाई पनि सजिलैसँग हटाउन सकिन्छ ।
अनुहार सफा बनाउनका लागी प्रयोग हुने सामग्रीहरू:
- पानी
- पुरानो र सेतो टुथपेस्ट
- बेकिंग सोडा
यसलाई बनाउने तरिकाहरू :
- सर्वप्रथम यसलाई बनाउनका लागी एउटा सफा भाडा (कचौरा) लिनुहोस् ।
- त्यस पश्चात् भाडामा १ चम्चा बेकिंग सोडा र मन्जन मिसाई दिनुहोस् ।
- अनि त्यसमा पानी थपि मज्जाले चलाई दिनुहोस् ।
- उक्त सबै मिश्रणलाई घोली टूथब्रशमा लिई आफ्नो नाकमा स्क्रब गर्नुहोस् ।
- सबै गरे पश्चात् सफा पानीले आफ्नो अनुहार पखाली दिनुहोस् ।
प्रतिक्रिया दिनुहोस्