Logo

स्थानीयद्वारा धरहरा निर्माणको कार्यमा अवरुद्ध



Spread the love

३ जेठ, काठमाडौं । स्थानीयले अवरोध गरेसंगै ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा धरहरा निर्माणको काम रोकिएको छ ।

शुक्रबार बिहान पैदलमार्ग खुलाउनुपर्ने माग अझै पूरा नभएको भन्दै स्थानीयले अवरोध गरेपछि धरहरा निर्माणको कार्य रोकिन पुगेको हो ।

१३ प्रतिशत काम सम्पन्न भइसकेको धरहरा निर्माणको काम स्थानीयले अवरोध गरेपछि फेरी प्रभावित भएको छ ।

स्थानीयले विगत ६ महिनायता आवत जावतका लागि सहज बनाउन पनि पैदलमार्ग खुलाउन धराहरा निर्माण समितिसँग माग गर्दै आएका थिए ।

उनीहरुले धरहरा निर्माण गर्दा ऐतिहासिक सम्पदा सुन्धाराको पनि संरक्षण गर्न दबाब दिँदै आईरहेका छन ।

प्रतिक्रिया दिनुहोस्