Logo

रुपन्देहीमा भारतीय समूहद्वारा प्रहरीमाथि आक्रमण, एक भारतीयको मृत्यु,



Spread the love

३ जेठ, रुपन्देही ।

रुपन्देहीमा बिहीबार साँझ प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक जना भारतीय नागरिकको ज्यान गएको छ ।
प्रहरीमाथि गएराति भारतबाट हतियारसहित आएका व्यक्तिहरुले आक्रमण प्रयास गरेपछि गोली चलाउँदा भारतीयको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हतियारसहित नेपाल प्रवेश गर्ने क्रममा प्रहरीको गोली लागेर भाग्दै गरेका भारतीय नागरिक भारतको महाराजगंज सुनौली थानाका दिलिप धोबी भएको प्रहरीले जनाएको छ ।

उनले प्रहरीलाई पेस्तोल हान्न खोजेका थिए । भारतबाट हतियारसहित छिरेका उनीहरुलाई नियन्त्रणमा लिने क्रममा त्यहाँ ड्युटीमा रहेका प्रहरीमाथि आक्रमणको प्रयास भएको थियो । समूहमा रहेकामध्ये केहीले प्रहरीलाई लाठी प्रहार गरेका थिए भने केहीले पेस्तोल देखाएका थिए ।

आक्रमणबाट ३ जना प्रहरी घाइते भएका छन् । प्रहरी तेजबहादुर कुँबर, प्रेमबहादुर आले र विक्रम मल्ल घाइते भएका रुपन्देही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्