२ जेठ, काठमाडौँ । यो सिजन स्पेनिस महारथी रियल म्याड्रिडले निकै खराब प्रदर्शनलाई जारी राख्यो । यस्तो खालको कमजोर प्रदर्शन रियलले कहिल्यै गरेको थिएन ।
खराब प्रदर्शनलाई निरन्तरता दिदा रियल यो सिजन च्याम्पियन्स लिग, स्पेनिस ला लिगा र स्पेनिस कोपा डेल रेको उपाधिबाट बन्चित हुनु पर्यो । यतिसम्मको कमजोर प्रदर्शन गर्नुमा सिजनको सुरुमै स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदानले क्लब छाड्नुलाई लिइएको छ । ९ महिनापछि जिदान रियलमा फर्किएका छन् ।
यो सिजन प्रशिक्षक जिदानले इडेन हजार्ड, पल पोग्वा र लुका जोभिकजस्ता खेलाडीलाई अनुबन्धित गरी टिमबाट करिव १४ खेलाडीलाई बिदा गर्ने भएका छन् ।
यी १४ खेलाडी जो अब रियलबाट बाहिरिदै छन्
मार्टिन ओडेगार्ड (मिडफिल्ड)
ओस्कार रोड्रिग्वेज (मिडफिल्ड)
ग्यारेथ बेल (फरवार्ड)
लुकास भास्क्वेज (फरवार्ड)
ब्राहिम डियाज (फरवार्ड)
मारियानो डियाज (फरवार्ड)
केलर नाभास (गोलरक्षक)
जेसस भालेजो (डिफेन्डर)
थियो हर्नान्डेज (डिफेन्डर)
सर्जियो रिगुइलन (डिफेन्डर)
ड्यानी सेवालस (मिडफिल्ड)
मार्काेस लोरेन्टे (मिडफिल्ड)
माटियो कोभासिस (मिडफिल्ड)
हामेस रोड्रिग्वेज (मिडफिल्ड)