Logo

चिनियाँ लगानीकर्ता सुरुङमार्ग निर्माण गर्न इच्छुक



Spread the love

२ जेठ, मकवानपुर ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काडमाण्डौ उपत्यकामा बढ्दो यातायात चापलाई सहज तुल्याउन विद्युतीय बससेवा सञ्चालन तथा सुरुङमार्ग निर्माण गर्न चिनियाँ लगानीकर्ता इच्छुक रहेको जानकारी दिए ।

प्रदेशसभाको बुधबारको बैठकमा उहाँले भीमफेदी–काठमाण्डौ जोड्ने सुरुङमार्गको निर्माण कार्यलाई सञ्चालनमा ल्याउन चिनियाँ लगानीकर्तासँग वार्ता भएको र उनिहरु छिट्टै काठमाण्डौ आई लगानीका विषयमा छलफल गर्ने तयारीमा रहेको बताए ।

मुख्यमन्त्री पौडेलले राष्ट्रपति विद्यादेवि भण्डारीको चीनको राजकीय भ्रमणको सिलसिलामा सो टोलीमा आफू पनि सहभागी भएको प्रदेशसभाको बैठकलाई जानकारी दिँदै उनले चीन सरकार र प्रदेश नं ३ सरकारको बीचमा चिनियाँ सरकारी पक्षसँग सम्झौता भएको जानकारी गराए । रासस

प्रतिक्रिया दिनुहोस्