Logo

पूर्व आयुक्त पाठक ७८ लाख धरौटीमा रिहा



Spread the love

२ जेठ, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक ७८ लाख रुपियाँ धरौटी बुझाएर रिहा भएका छन् । घुस काण्डमा मुछिएका उनलाई बुधबार विशेष अदालतले ७८ लाख रुपैयाँ धरौटी माग गरेको थियो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

पाठकलाई बुधबार थुनछेक बहसपछि विशेष अदालतले धरौटी माग गरेपछि उनले नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टी राखेका थिए ।विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य तथा न्यायाधीशहरु द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठको इजलासले धरौटी माग गरेको थियो ।

पाठकले भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने भन्दै ७८ लाख रुपैयाँ घूस लिएको भिडियो केही समय अगाडि सार्वजनिक भएको थियो । सो भिडियो सार्वजनिक भए पश्चात आयोगले पाठकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्