१ जेष्ठ, जाजरकोट ।
जाजरकोट छेडागाड नगरपालिकाको वडा नं १२ कार्कीगाउँबाट मंगलबार राति विप्लव समूहका कार्यकर्तालाई विभिन्न ठाउँमा पुर्याउन र ल्याउन सक्रिय भूमिका खेलेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा छेडागाड इञ्चार्जसमेत रहेका कैलाश पुन रहेका छन् ।
उनलाइ प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको विप्लव समूहका जाजरकोट इन्चार्ज प्रेमप्रकाश ओलीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्