Logo

सरकारकै केन्द्रीय अस्पतालको बेहाल न्यूनतम आधार नै छैनन्



Spread the love

१ जेष्ठ, काठमाडौं ।

देश संघीय मोडेलमा प्रवेश गरेको तीन वर्ष बितिसकेको छ । स्वास्थ्यलाई जनताको आधारभूत आवश्यकताका रूपमा लिँदै संविधानको मौलिक हकमा समेटिएको छ । तर, सर्वसाधारण भने सरकारी अस्पतालबाट पाउने प्रभावकारी स्वास्थ्य सेवाबाट वञ्चित भइरहेका छन् ।

सरकार मातहत रहेका १६ केन्द्रीय अस्पताल नै न्यूनतम आधारबिना सञ्चालन भइरहेकाले सर्वसाधारणले प्रभावकारी सेवा पाउन नसकेको पाइएको हो ।

सरकार मातहत रहेका १६ वटै अस्पतालले फार्मेसी, इमर्जेन्सी, ओपीडी, जनरल वार्ड, सीसीयू, आईसीयू, एक्सटेन्डेड हस्पिटललगायतका सबै सेवा दिने क्रममा न्यूनतम आधारसमेत पूरा नगरेको संसदीय समितिको ठहर छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्