Logo

ठूलो चोटका बाबजुद पनि मैदानमा वाटशनको अन्तिम समय सम्म संघर्ष



Spread the love

३१ वैशाख, काठमाडौँ । आईतबार राती सम्पन्न इन्डियन प्रिमियर लिगको फाइनल खेलमा चेन्नई सुपर किंग्सलाई १ रनले पराजित मुम्बई इन्डियन्सले उपाधि उचालेको थियो ।

१ सय ५० रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट नोक्सानीमा मात्र १ सय ४८ रन बनाएपछि झिनो अन्तरले उपाधि जित्नबाट बन्चित हुन पुग्यो । ओपनर शेन वाटशनले ८० रन बटुल्दापनि चेन्नईलाई हारबाट कसैले जोगाउन सकेन ।

वाटशनको देब्रे खुट्टामा चोट लागेर रगत बगि रहँदा पनि उनले ब्याटिङ गरिरहेको खुलसा भएको छ । वाटशन अन्तिम ओभरको चौथो बलमा रन आउट भएर पेभिलिएन फर्के तब मात्र थाहा भयो की उनको खुट्टामा ठूलो चोट पो लागेको रहेछ । अहिले उनको खुट्टामा ६ ओटा टाँका लागाईएको भारतीय मिडियाहरुले जानकारी दिएका छन् ।

तर , वाटशनको कति ओभरमा र के कारणले चोट लाग्न पुग्यो भन्ने अझ खुलेको छैन । टोलीको जितको लागि ठूलो चोटका बाबजुद पनि मैदानमा अन्तिम समय सम्म वाटशन संघर्ष गरि रहेका थिए । उनले खुट्टाको चोटको कुनै प्रवाह नगरि आफ्नो सबै ध्यान चेन्नईलाई उपाधि दिलाउन केन्द्रीत राखे । घाईते भएपछि पनि उनि मैदान छाडेर पेभिलिएन नफर्की निरन्तर ब्याटिङ गरि रहे ।

तर , चेन्नईको लागि दुभाग्र्यनै भन्नुपर्छ । जब अन्तिम ओभरको चौथो बलमा वाटशन ५९ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ८० रन आउट हुदै पेभिलिएन फर्के । उनको चोटसंगै चेन्नई उपाधि जित्नबाट बन्चित भएको थियो । चेन्नईलाई उपाधि जिताउन नसके पनि उनको त्यो हिम्मत,लगाव र क्रिकेटप्रतिको त्यागलाई जति शब्दले बयान गरेपनि कम नै हुने छ । जसले गर्दा उनले उपाधि जिताउन नसके पनि समर्थक र शुभ चिन्तकको भने मन जित्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्