डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
स्थानीय निकायको निर्वाचनअघि नै एकताको घोषणा गर्ने तयारी भइरहेको जनाइएको छ ।
नयाँ शक्तिका तर्फबाट वार्ता समितिका संयोजक रामचन्द्र झाका अनुसार एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
उनका अनुसार वैशाख १ अथवा पहिलो साता नै एकताको घोषणा हुन सक्नेछ ।
प्रतिक्रिया दिनुहोस्