३० वैशाख, काठमाडौं । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अबरुद्ध गरेको छ । राजधानी र प्रदेशको नामाकरणको प्रक्रिया सुरु नभएसम्म अन्य प्रक्रिया अघि बढन नदिने भन्दै बैठक अवरोध गरेका हुन् ।
सभामुखले नियमित प्रक्रिया अघि बढाउने क्रममा कांग्रेस सांसदहरुले अवरोध गरेका हुन् । कांग्रेसको अवरोधपछि प्रदेशसभा बैठक मंगलबार अपरान्ह ४ बजेसम्मका लागि स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस्