Logo

नेपाललाई हङकङद्वारा २१५ रनको लक्ष्य



Spread the love

एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले जितका लागि २ सय १५ रनको लक्ष्य पाएको छ। बंगलादेशको शेख कमाल इन्टरनेशन स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित ५० ओभरमा अल आउट हुँदै २ सय १४ रन बनायो।hfh

यसक्रममा कप्तान अंशुमन राथले ५१ र क्यामरन म्याकुलसेनले ४३ रन जोडे। नेपालका लागि अभिनाश कर्णले ३, सुसान भारी, ज्ञानेन्द्र मल्ल र भुवन कार्कीले समान २ तथा सन्दिप लामिछानेले १ विकेट लिए। प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तान तथा दोस्रो खेलमा बंगलादेशको २३ वर्षमुनिको टिमसँग पराजित भएको थियो। ती दुवै टोलीसँग पराजित भएको हङकङ पनि प्रतियोगिताबाटै बाहिरीसकेको छ।

प्रतिक्रिया दिनुहोस्