भनिन्छ महिलाहरुको गहना भनेकै कपाल हो । झन् स्ट्रेट, चमकदार र मुलायम कपाल कसलाई पो मन पर्दैन रआज भोलि महिलाहरु आफ्नो कपाल स्ट्रेट बनाउनको लागि ब्यूटी पार्लर गई विभिन्न केमिकलको प्रयोग गरेर कपाल स्ट्रेट बनाउने गर्दछन । कपाल स्ट्रेट होस् भन्ने चाहना हरेक महिलाको हुन्छ जसको कारण जुनसुकै पहिरन र स्टाइलमा स्ट्रेट कपाल सुट गर्दछ । त्यसैले यदि तपाई पनि घरेलु उपायबाट कपाल स्ट्रेट बनाउनचाहनुहुन्छ भने अपनउनुस यी घरेलु तरिका :
कोकोनट मिल्कः
कोकोनट मिल्क प्रयोग गरेर पनि कपाल स्ट्रेट बनाउन सकिन्छ । कोकोनट मिल्क र केही थोपा कागतीको रस मिसाएर आधा घण्टासम्म फ्रिजमा राखिसके पछि त्यसको माथि क्रिम देख्न सकिन्छ ।उक्त क्रिमले २० मिनेट जति मसाज गरेर २० मिनेट तेतिकै राख्ने र हल्का तातो पानीमा तौलिया डुबाएर त्यसलाई ३० मिनेटसम्म कपालमा बाँधेर राख्ने त्यसपछि स्याम्पूले कपाल धुनु पर्दछ । जसले गर्दा यसको एन्टी ब्याक्टेरिया, एन्टी फन्गलल र पोषक गुणले कपाललाई मजबुत बनाउनुका साथै कपाललाई कोमल मुलायम र चमकदार बनाउँछ ।
मनतातो तेल लगाउने
कपालमा हरेक दिन तातो तेल लगाउनाले कपाल सीधा हुने गर्छ । तेललाई हल्का तताएर कपालमा १५ देखि २० मिनेटसम्म मसाज गर्नुपर्दछ l करिब आधा घण्टापछि कपाललाई स्याम्पूले धुनु पर्दछ । जसले गर्दा स्टीम ट्रीटमेन्टले तेल कपालको जरासम्म पुग्छ र यसले कपाललाई सुख्खा हुन पनि दिँदैन ।
जैतुनको तेल र अण्डा
अण्डा र जैतुनको तेल मिलाएर कपालमा लगाएमा कपालको चमक बढ्नुको साथै कपाललाई निकै फाइदा पुग्छ।